नवलपरासी-तनहुँ जोड्ने कालीगण्डकीको पक्की पुल बगायो, दुई क्षेत्रको सम्पर्कविच्छेद

हिमाल प्रेस ११ असोज २०८३ ६:४० | Sunday, September 27, 2026
10
SHARES
नवलपरासी-तनहुँ जोड्ने कालीगण्डकीको पक्की पुल बगायो, दुई क्षेत्रको सम्पर्कविच्छेद

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुरतर्फको पहुँच मार्ग (एप्रोच रोड) बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पुलको पहुँच मार्ग बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेश मार्गको सम्पर्क विच्छेद भएको छ ।

अविरल वर्षापछि आज कालीगण्डकी नदीमा आएको बाढीको कटानका कारण पुलको नवलपुरतर्फको जगसमेत कटान भएको हुँदा सवारीसाधन एवं पैदलयात्रुको समेत आवागमन अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए ।

नवलपुरको डेढगाउँ हुँदै तनहुँको भिमाद र पोखरा जोड्ने यस गण्डकी प्रदेश मार्ग हुँदै दैनिक रूपमा स्थानीय बासिन्दा स्याङ्जा, पोखरा, तनहुँ, नवलपुर र पाल्पा आवतजावत गर्ने गरेका थिए । यो सडक प्रदेश राजधानी पोखरासँग नवलपुरलाई जोड्ने सबैभन्दा छोटो सडक हो ।

 

प्रकाशित: ११ असोज २०८३ ६:४० | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast