उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

हिमाल प्रेस २७ माघ २०७९ ७:२१
2
SHARE
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

काठमाडौँ- सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बिहान बस्ने भएको छ। यसअघि बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको थियो।

बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिएका थिए।

संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ। यता एमाले अध्यक्ष ओलीले भने एमाले नेता गुरु बरालको नाम प्रस्ताव गरेका छन्। प्रचण्डसँगको हिजोको भेटमा सोही नाम प्रस्ताव गरेका हुन्। तर यसबारे प्रचण्डले कुनै जवाफ दिएका छैनन्।

 

प्रकाशित: २७ माघ २०७९ ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =