मौसम प्रणाली थप बलियो बन्दै, धेरै स्थानमा भारी वर्षाको सम्भावना

हिमाल प्रेस ५ असोज २०८३ ६:१० | Monday, September 21, 2026
मौसम प्रणाली थप बलियो बन्दै, धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा एउटा न्यून चापीय प्रणाली बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिमउत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।

हाल देशका विभिन्न भागको मौसममा बदली आएको छ। कोशी र बागमती प्रदेशका सबै भूभागका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहँदा मधेस प्रदेशमा आंशिक बदली भएको छ।

देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। यस्तै, कोशी र बागमती प्रदेशका थोरै स्थान र गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदलीसम्म हुनेछ।

मौसम अधिकारीहरूका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्छ।

मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ।

विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित: ५ असोज २०८३ ६:१० | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast