बृहत् लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका १५० विज्ञहरू भेला

हिमाल प्रेस २ असोज २०८३ ८:३९ | Friday, September 18, 2026
बृहत् लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका १५० विज्ञहरू भेला

बुटवल- बुद्वजन्मस्थ लुम्बिनीमा शुक्रबारदेखि तीन दिने ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु हुँदैछ। सम्मेलनको संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेस) ले उद्घाटन गर्ने छन्।

लुम्बिनी बौद्ध विश्व विद्यालयको सभाहलमा हुने सम्मेलनमा उच्चपदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधि गरी १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहने छ।

उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा गरिएको हो। बृहत्तर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, पर्यटक व्यवस्थापन, पर्यटन पूर्वाधार,सेवा सुदृढीकरण तथा समावेशी स्थानीय आर्थिक विकासका बारेमा छलफल हुने यूनेस्को यूनेस्को संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताइन्।

विहान १० बजेदेखि उद्घाटन सत्र सञ्चालन हुनेछ। उद्घाटन सत्रमा संस्कृतिमन्त्रीसहित प्रदेशका मन्त्री, स्थानीय पालिकाका प्रमुख एवम् राष्ट्रिय अन्तराष्ट्रिय विज्ञहरूको उपस्थिति रहने जनाइएको छ।

लुम्बिनीको अद्वितीय महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न र यहाँको दीगो पर्यटन प्रवर्द्धनमा सम्मेलनले महत्वपूर्ण योगदान गर्ने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताए।

बृहतर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनी, प्राचिन तिलौराकोट दरबार, मायादेवीको माइतीघर देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम तथा पण्डितपुरलगायतका महत्वपूर्ण पुरातात्विक तथा धार्मिक स्थलहरू रहेका छन्।

प्रकाशित: २ असोज २०८३ ८:३९ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast