अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता, के भयो कुराकानी?

हिमाल प्रेस १ असोज २०८३ २०:२५ | Thursday, September 17, 2026
अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौँ- भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुवै जनाबीच भेटवार्ता भएको हो। अर्थमन्त्री वाग्ले र भारतीय वित्तमन्त्री सीतारमणबीच ‘वन अन वन’ र प्रतिनिधिमण्डलसहित छुट्टछुट्टै भेटवार्ता भएको थियो।

दुवै जनाबीच नेपाल र भारबीचको दीर्घकालीन आर्थिक साझेदारीलाई सुदृढ र फराकिलो बनाउन विकास सहकार्यका साथै बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटीलगायत आपसी हितका विविध विषयमा विस्तृत छलफल भएको थियो।

अर्थमन्त्री वाग्लेको भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुवै जनाबीच शुक्रबार भेटवार्ता हुने जनाइएको छ।

अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली पुगेका हुन्। उनको शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: १ असोज २०८३ २०:२५ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast