पुरानै दरमा ग्यास बिक्री गर्न संघको आग्रह

हिमाल प्रेस १ असोज २०८३ १७:०२ | Thursday, September 17, 2026
पुरानै दरमा ग्यास बिक्री गर्न संघको आग्रह

काठमाडौँ- नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँमा बिक्री गर्न आग्रह गरेको हो।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए।

उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर १०५ रूपैयाँ ३८ पैसा ढुवानी भाडाबापत थप गरी उपभोक्तासँग लिँदै आएका थिए।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गरिरहेका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ल्याएर ग्यास बिक्री गर्दै आएका थिए।

कृष्णभीर सडकखण्ड बिहीबारदेखि दुईतर्फी सञ्चालनमा आएपछि संघले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न आग्रह गरेको हो।

प्रकाशित: १ असोज २०८३ १७:०२ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast