तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि

हिमाल प्रेस २९ भदौ २०८३ १२:४३ | Monday, September 14, 2026
तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौँ- साउदी अरबका ऊर्जा तथा नागरिक पूर्वाधारमा नयाँ आक्रमण हुनुका साथै इरानले खाडी क्षेत्रमा पानीजहाजमाथि आक्रमण गरेपछि तेल आपूर्तिसम्बन्धी चिन्ता थपिँदा सोमबार तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ। यसअघि साउदी अरबको प्रमुख तेल पाइपलाइन बन्द भएको थियो।

ग्रिनिच समयअनुसार बिहान ६ः३० बजे ब्रेन्ट कच्चा तेलको मूल्य २.११ डलर अर्थात् २.०२ प्रतिशतले बढेर प्रतिब्यारेल १०६.७२ डलर पुगेको थियो। त्यस्तै वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) को मूल्य २.१० डलर अर्थात् २.१ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.१५ डलर पुगेको थियो।

साउदी अधिकारीहरूका अनुसार ड्रोन आक्रमणपछि साउदी अरबको इस्टवेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको छ। साउदी अरबलाई होर्मुज जलमार्गबाट जोगिँदै आफ्नो तेल निर्यातको मार्ग परिवर्तन गर्न सहयोग गर्ने यो पाइपलाइन बन्द हुँदा विश्वव्यापी तेल आपूर्तिको चार प्रतिशतसम्म प्रभावित हुने जोखिम छ।

पाइपलाइन सञ्चालनमा नरहेकाले यान्बु बन्दरगाहमा रहेको तेल मौज्दातले पाँचदेखि सात दिनसम्म मात्र निर्यात धान्न सक्ने साउदी अरबको तेल निर्यातबारे जानकार तीन उद्योग स्रोतले बताएका छन्।

साउदी अरबको सरकारी सञ्चारमाध्यमले आइतबार देशको दक्षिणी जाजान प्रान्तमा हुथी विद्रोहीले गरेको भनिएको आक्रमणबाट क्षतिग्रस्त घर तथा मस्जिदको भिडियो सार्वजनिक गरेको छ। हुथीहरूले छिमेकी प्रान्तमा रहेको साउदी सैन्य अखडामाथि पनि आक्रमण गरेको बताएका छन्।

प्रकाशित: २९ भदौ २०८३ १२:४३ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast