लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक दिनभर बन्द रहने

हिमाल प्रेस २७ भदौ २०८३ ९:१८ | Saturday, September 12, 2026
लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक दिनभर बन्द रहने फाइल तस्बिर।

लमजुङ- लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएको हो । सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सडक पूर्ण रूपमा बन्द गर्न लागिएको उनले बताए।

आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कुनै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । साँझ ५ः०० बजेदेखि भोलि बिहान १०ः०० बजेसम्म भने भारी सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए ।

प्रकाशित: २७ भदौ २०८३ ९:१८ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast