पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

हिमाल प्रेस २५ भदौ २०८३ २१:२४ | Thursday, September 10, 2026
पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताएका छन्।

बाढीले पुर्‍याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न बिहीबार नुवाकोट पुगेका राजदूत माओमिङले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने जानकारी दिए।

बाढीपछिको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमा चीन सरकारको सहयोगसहित थप दुई मिलियन अमेरिकी डलरसमेत नेपाल सरकारलाई उपलब्ध गराइसकिएको उनले जानकारी दिए।

‘बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ। यसमा हामी अत्यन्त दुःखी छौँ,’ उनले भने, ‘विद्यालय, सडक, आवासलगायत भौतिक संरचनामा पुगेको क्षतिको पुनरुत्थानका लागि नेपाल सरकारलाई गर्नुपर्ने सहयोग निरन्तर रहनेछ।’

माओमिङले बाढीबाट पुगेको क्षतिको सम्बन्धमा जिल्लास्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफल गरी जानकारी लिएका थिए।

उनले बाढीले क्षति पुर्‍याएको विदुर नगरपालिका–१ र १० का विभिन्न स्थानको अवलोकन गर्नाका साथै विदुर नगरपालिका–२ कर्भडहलमा सञ्चालित ‘होल्डिङ सेन्टर’को पनि अवलोकन गरेका थिए।

उनले होल्डिङ सेन्टरमा आश्रय लिएर बासिरहेका रसुवा र नुवाकोटका बाढी प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्दै बसोबास, खानपान, स्वास्थ्य अवस्था, अबको चाहनालगायत विषयमा चासो व्यक्त गरेका थिए।

प्रकाशित: २५ भदौ २०८३ २१:२४ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast