ट्रक ठक्करले मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस २४ भदौ २०८३ १८:०९ | Wednesday, September 9, 2026
ट्रक ठक्करले मोटरसाइकल चालकको मृत्यु

पोखरा- पोखरा–१०, बुद्धचोकमा बुधबार ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

ठक्करबाट स्याङ्जाको अर्जुनचौपारी ५ निवासी २५ वर्षीय नवराज दर्जीको मृत्यु भएके हो।

पृथ्वी राजमार्गअन्तर्गत बुद्धचोकमा पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ।

ट्रक र चालक सिन्धुलीको कमलामाई–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ।

प्रकाशित: २४ भदौ २०८३ १८:०९ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast