मुग्लिन–काठमाडौँ सडकखण्ड बेलुकासम्म बन्द

हिमाल प्रेस २० भदौ २०८३ ९:२३ | Saturday, September 5, 2026
मुग्लिन–काठमाडौँ सडकखण्ड बेलुकासम्म बन्द फाइल तस्बिर।

काठमाडौँ- मुग्लिन–काठमाडौँ सडकखण्ड काम हुने भएकाले साँझ ६ बजेसम्म बन्द गरिने भएको छ। अन्य प्रमुख राजमार्ग तथा सडकखण्डमा भने सामान्य रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन र नाम्सी बेसमा धराप रहे पनि सवारीसाधन सञ्चालनमा छन्। मुग्लिन–पोखरा सडकखण्डमा कुनै अवरोध छैन। डम्पिङ क्षेत्रमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। अन्य भागमा यातायात सामान्य रहेको प्रहरीको भनाइ छ।

नारायणगढ–बुटवल, बुटवल–पोखरा, नारायणगढ–हेटौंडा, धार्के–सीतापाइला र आँबुखैरेनी–गोरखा सडकखण्डमा कुनै अवरोध नरहेको र यातायात सामान्य रहेको छ।

हेटौंडा–काठमाडौं सडकखण्डमा केहीबेर जाम लाग्न सक्ने भए पनि यात्रा गर्न सकिने जनाइएको छ।

प्रकाशित: २० भदौ २०८३ ९:२३ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast