गोरखाका लोकनाथ देवकोटाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग

हिमाल प्रेस १९ भदौ २०८३ ६:३५ | Friday, September 4, 2026
गोरखाका लोकनाथ देवकोटाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ- नेपाल सरकारका पूर्व सहसचिव लोकनाथ देवकोटाले रसुवा भोटेकोशी–त्रिशूली नदीमा गत बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग प्रदान गरेका छन्।

पालुङटार-२, गोरखा स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका पूर्व सहसचिव देवकोटाले प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो कठिन परिस्थितिमा उद्धार र पुनर्निर्माणका कार्यमा आआफ्नो तर्फबाट सक्दो सहयोग र ऐक्यबद्धता जनाउन सम्पूर्ण देशवासी, उद्योगी, व्यवसायी तथा सामाजिक संघसंस्थाहरूलाई हार्दिक अपिलसमेत गरेका छन्।

प्रकाशित: १९ भदौ २०८३ ६:३५ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast