काठमाडौँ- सरकारले बाढी प्रभावित क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा उपलब्ध गराउने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार स्थानीय तहमा उपचार सम्भव नभएमा तत्काल उद्धारका लागि मन्त्रालयको हटलाइनमा सम्पर्क गर्न अनुरोध गरेको छ। ‘हटलाइन नं : ९८५१२५५२५४ विपद्को समयमा सही सूचना र समयमै समन्वयले जीवन बचाउन सक्छ।’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
सरकारले रसुवा, नुवाकोट, धादिड, गोरखा र तनहुँका १५ स्थानीय तहहरूमा प्रभावित पालिका भनेको छ। गजुरी गाउँपालिका, उत्मसया गाउँपालिका, कालिका गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, किस्पाइ गाउँपालिका, तारकेश्वर गाउँपालिका, गल्छा गाउँपालिका, सिद्धलेक गाउँपालिका, बेनिघाट रोराड़ गाउँपालिका, गण्डकी गाउँपालिका, देवघाट गाउँपालिका,आँबुखैरेनी गाउँपालिका, बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिका छन्।


