कुटपिटबाट एक शिक्षकको मृत्यु प्रकरणमा ११ जना पक्राउ

हिमाल प्रेस १७ भदौ २०८३ १७:०५ | Wednesday, September 2, 2026
कुटपिटबाट एक शिक्षकको मृत्यु प्रकरणमा ११ जना पक्राउ

काठमाडौँ- भोजपुरको साल्पासिलिछो गाउँपालिकामा कुटपिट गरी एक शिक्षकको हत्या गरेको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ७ स्थित स्थानिय सुर्य माध्यमिक विद्यालयमा राहत कोटामा अध्यापन गराउँदै आएका ३९ वर्षीय भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार भदौ ११ गते राति करिब २३:४५ बजेको समयमा साल्पासिलिछो गाउँपालिका-५ माबुस्थित भदौरे मेला घुम्न आएका राईलाई पुरानो विवादका कारण केही व्यक्तिहरूले कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका उनको मृत्यु भएको मौखिक जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भदौ १२ गते ११ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सबैजना खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. ०७ का बासिन्दा हुन्।

पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवेश भन्ने सागर कोयी राई, २१ वर्षीय मौली भन्ने प्रतिक राई, २५ वर्षीय माईकल भन्ने निशान राई, २३ वर्षीय सुशिल राई, ३२ वर्षीय शेर बहादुर भन्ने अमर राई, ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेज कुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई छन्।

पक्राउ परेका आरोपीहरूलाई भोजपुर जिल्ला अदालतबाट भदौ १४ गतेदेखि लागू हुने गरी ५ (पाँच) दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिएका छन्।

 

प्रकाशित: १७ भदौ २०८३ १७:०५ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast