नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर गलत तथ्य प्रस्तुत गरेको बताएका छन्।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको सम्बोधनमा उपकरण, प्राविधिक विज्ञता तथा टनेल उद्धारका सम्बन्धमा कतिपय तथ्यहरू गलत बोलेको र यो विषयमा संसदभित्रै पनि बहस उठेको बताए।
प्रचण्डले विपद्को सुरुवाती चरणमा देखिएको तत्परता पछिल्ला दिनहरूमा कमजोर बन्दै गएको र समग्रमा सरकार उद्धार कार्यमा असफल भएको टिप्पणी गरे।
उनले प्रधानमन्त्री सबैको साझा अभिभावक हुनुपर्नेमा कसैको अनुहार नहेरी हिँड्ने र सहकार्यको वातावरण बनाउन नसक्ने कार्यशैली देखाएको भन्दै आपत्ति जनाए।
प्रकाशित: १७ भदौ २०८३ १६:२५ | Wednesday, September 2, 2026
प्रतिक्रिया


