बेलायती फुटबलकै सबैभन्दा बढी मूल्य लिएर म्यान्चेस्टर सिटी पुगे एन्जो फर्नान्डेज

हिमाल प्रेस १७ भदौ २०८३ ९:१२ | Wednesday, September 2, 2026
12
SHARES
बेलायती फुटबलकै सबैभन्दा बढी मूल्य लिएर म्यान्चेस्टर सिटी पुगे एन्जो फर्नान्डेज

काठमाडौँ- अर्जेन्टिनी स्टार मिडफिल्डर एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा अनुबन्ध भएका छन्।

सिटीले कीर्तिमानी मूल्यमा २५ वर्षीय फर्नान्डेजलाई लण्डन क्लब चेल्सीबाट अनुबन्ध गरेको हो। दुईबीच पाँच वर्षको सम्झौता भएको बताइएको छ। सिटीले फर्नान्डेजका लागि बेलायती फुटबलकै सबैभन्दा बढी मूल्य खर्च गरेको हो । उनको लागि १६ करोड ७० लाख डलर तिरेको बताइएको छ । गत सिजन लिभरपुलले स्विडेनका अट्याकर एलेक्जान्डर इसाकलाई कीर्तिमानी मुल्य खर्च गरेको थियो । त्यसलाई सिटीले उछिनेको छ ।

सन् २०२२ को फिफा विश्वकप अर्जेन्टिनालाई जिताएपछि फर्नान्डेजलाई चेल्सीले अनुबन्ध गरेको थियो ।

प्रकाशित: १७ भदौ २०८३ ९:१२ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast