बाढी प्रभावित बालबालिकाको तस्बिर, श्रव्यदृश्य सामग्री सामाजिक सञ्चालनमा नराख्न अपिल

हिमाल प्रेस १६ भदौ २०८३ १७:१८ | Tuesday, September 1, 2026
12
SHARES
बाढी प्रभावित बालबालिकाको तस्बिर, श्रव्यदृश्य सामग्री सामाजिक सञ्चालनमा नराख्न अपिल बाढीबाट प्रभावित वेत्रावती

काठमाडौँ- राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा पोष्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ।

परिषद्का अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले मंगलबार सूचना जारी गर्दै बालबालिकाको गोपनीयता राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरे।

सूचनामा भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएको कुनै पनि तस्बिर तथा श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न उल्लेख गरिएको छ।

फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन थ्रेड, स्नापचाट, भाइबर, ह्वाट्एप, एक्सलगायत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बालबालिकाको गोपनीयता तथा मर्यादाको सम्मान गर्न, पालना गर्न एवं पीडित तथा प्रभावित बालबालिकाको तस्बिर तथा श्रव्यदृश्य सामग्री प्रविष्ट नगर्न नगराउन परिषद्ले विभिन्न संघसंस्था, सरोकार भएका निकायलगायत सबैमा अपिल गरेको छ।

प्रकाशित: १६ भदौ २०८३ १७:१८ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast