राप्ती खोलाले बगाएका ७० वर्षीय वृद्ध मृत फेला

हिमाल प्रेस १६ भदौ २०८३ १२:२६ | Tuesday, September 1, 2026
राप्ती खोलाले बगाएका ७० वर्षीय वृद्ध मृत फेला

हेटौँडा- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित राप्ती खोलाले बगाएका एक वृद्धको शव फेला परेको छ । मनहरी गाउँपालिका–४, मसिनेका करिब ७० वर्षीय बलबहादुर रुम्बाको शव भेटिएको प्रहरीले जनाएको छ।

मंगलबार (भदौ १६) बिहान करिब ७ बजेर १० मिनेटमा राप्ती खोलाले एक व्यक्तिलाई बगाएर लगिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीले खोजी गर्ने क्रममा रुम्बाको शव बस्तीपुर पुलबाट करिब ५०० मिटर तल राप्ती खोलाको मध्यभागमा काठ र ढुंगाको बीचमा अल्झिएको अवस्थामा फेला परेको हो।

शव पोस्टमार्टमका निम्ति हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: १६ भदौ २०८३ १२:२६ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast