जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

हिमाल प्रेस १६ भदौ २०८३ १२:२४ | Tuesday, September 1, 2026
जसपाको कार्यकारिणी समितिको बैठक बस्दै जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। अहिले केहीबेरमा सुरु हुने बैठकमा पार्टीको समायोजन, बाढी पहिरो, राजनीतिक प्रतिवेदनलगायतको विषयमा छलफल हुने जसपा नेपालमा महासचिव डा. सुरेन्द्र झाले बताए।

लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबीच एकता भएपछि केन्द्रमा समायोजन पनि प्रदेश, जिल्ला तथा स्थानीय तहमा समायोजन गर्न बाँकी रहेको बताउँदै उनले त्यसको बारेमा आज बस्ने कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने बताए।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको विषयमा पनि बैठकमा छलफल हुने उनले बताए। राहतका पार्टीको कोषमा रकम जम्मा गर्न पार्टीभित्र सर्कुलर गरिसकेको छ । त्यसमा के कति जम्मा भएको छ, त्यसको पनि जानकारी लिने भन्दै उनले २५ देखि ५० लाख रुपियाँ पार्टीको तर्फबाट राहत कोषमा जम्मा गर्ने तयार पार्टीको रहेको छ त्यसको बारेमा पनि छलफल हुने बताए।

पार्टीले लुम्बिनी सरकारको विषयमा पनि निर्णय गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी नहुने निर्णय गरेको थियो तर त्यहाँ प्रदेश सांसदहरू पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएका छन्। उनीहरूलाई दुई पटक स्पष्टीकरण सोधिसकेको छ।

प्रकाशित: १६ भदौ २०८३ १२:२४ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast