एसियाली खेलकुदका निर्णायक र प्राविधिक पदाधिकारीलाई राखेपको यस्तो निर्देशन

हिमाल प्रेस १५ भदौ २०८३ १६:५९ | Monday, August 31, 2026
एसियाली खेलकुदका निर्णायक र प्राविधिक पदाधिकारीलाई राखेपको यस्तो निर्देशन

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानको आइची नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागी हुने जुरी, निर्णायक, जज तथा प्राविधिक पदाधिकारीलाई आवश्यक समन्वय गरेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।

राखेपले सोमबार सूचना जारी गर्दै आगामी असोज ३ देखि १८ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने सबै पदाधिकारीलाई यस्तो आग्रह गरेको हो।

परिषद्ले प्रतियोगितामा सहभागी हुने खेल र आफूले निर्वाह गर्ने जिम्मेवारीसम्बन्धी सम्पूर्ण विवरण राखेपमा उपलब्ध गराउन पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ।

यस्तै, प्रतियोगितामा सहभागीहरूको सहजीकरणका लागि नेपाल सरकार र राखेपले संयुक्त रूपमा स्थापना गर्ने हेल्प डेस्क सँग अनिवार्य रूपमा समन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ।

राखेपले सहभागी पदाधिकारीलाई आफ्नो जिम्मेवारी मर्यादित, अनुशासित र प्रभावकारी ढंगले निर्वाह गर्दै नेपालको प्रतिनिधित्व गर्न पनि आग्रह गरेको छ।

प्रकाशित: १५ भदौ २०८३ १६:५९ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast