तनहुँमा भेटिएका शव जंगलमा व्यवस्थापन गरिँदै

हिमाल प्रेस १५ भदौ २०८३ १४:३४ | Monday, August 31, 2026
तनहुँमा भेटिएका शव जंगलमा व्यवस्थापन गरिँदै

तनहुँ- देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शव  व्यास नगरपालिका-५ स्थित चैनपुर जंगलमा व्यवस्थापन गरिने भएको छ।

भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागिएको हो।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिए।

उनले शव पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताए।

तनहुँ क्षेत्रमा ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ।

आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ।

प्रकाशित: १५ भदौ २०८३ १४:३४ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast