बाढी प्रभावितका लागि कांग्रेस काभ्रेले पार्टीको केन्द्रीय कोषलाई दियो १७ लाख ६२ हजार रकम

हिमाल प्रेस १५ भदौ २०८३ १२:२८ | Monday, August 31, 2026
बाढी प्रभावितका लागि कांग्रेस काभ्रेले पार्टीको केन्द्रीय कोषलाई दियो १७ लाख ६२ हजार रकम

काठमाडौँ- नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ चितवन लगायतका जिल्लाहरुमा ठुलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्दारका लागि काभ्रे कांग्रेसले राहत रकम हस्तान्तरण गरिएको हो ।

पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले जानकारी दिए। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर सह-महामन्त्री उदय शमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेकाे लामाले वताए ।
मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रिय विपद व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाईने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले सरकरी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाली कांग्रेसका सह-महामन्त्री उदय शमशेर राणाले विपद्को घडीमा पीडितलाई सहयोग गर्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले गरेको सहयोग प्रति आभार प्रकट गरे ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे नेपाली कांग्रेस काभ्रेका साथीहरूले ठूलो छाती देखाएको भन्दै पीडितको घाउमा मल्हम लगाउन ठूलो सहयोग हुने बताए । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु, मानवीय सहयोग जुटाउनु र राहत तथा उद्धारमा हातेमालो गर्नु हामी सबैको साझा दायित्व भएको बताउँदै पीडितको पीडामा केही मल्हम हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १५ भदौ २०८३ १२:२८ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast