भोटेकोशी बाढीमा परेकाको उद्धार र राहतका लागि निःशुल्क बससेवा

हिमाल प्रेस १५ भदौ २०८३ ११:३९ | Monday, August 31, 2026
भोटेकोशी बाढीमा परेकाको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ-  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको हो ।

उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासंघले सुवन गिरी ९९८५१०८१३८२०, श्री श्रेष्ठ ९९८५१०९८५३६०, दिलबहादुर श्रेष्ठ ९९८५१०५०८७९० र नरबहादुर राना ९ ९८४१७७५७५३०लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित: १५ भदौ २०८३ ११:३९ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast