प्रतीकात्मक तस्बिर।
बुटवल- तिनाउ नदीमा एक्कासी बाढी आएपछि बेपत्ता भएका भारत उत्तर प्रदेशका युवाको शव बुटवलमा भेटिएको छ।
शनिबार बिहान साढे ९ बजे पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा भारत उत्तर प्रदेश ईटावा सिद्धार्थनगका २१ वर्षीय प्रभाष सोनी बाढीले बगाएर वेपत्ता भएका थिए।
खोजतलासका क्रममा ११स्५२ बजे रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. १५ उजालापुर स्थित तिनाउ खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ।
भारतबाट परिवार सहित घुम्न आएका तीन जनामध्ये सोनी तिनाउ खोलामा पौडी खेल्ने क्रममा अचानक पानीको बहाब बढेपछि बेपत्ता भएका थिए।
प्रहरी चौकी दोभानबाट प्रहरी टोली र इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीसँग समन्वय गरी खाजतलास गर्नेक्रममा बुटवलमा सोनीको मृत लास फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षकभिमलाल भट्टराईले बताए।
पाल्पा क्षेत्रमा पानी परेकाले पाल्पा र बुटवल क्षेत्रको तिनाउमा एक्कासी पानीको सतह बढेको थियो। प्रहरीले तिनाउमा पौडी नखेल्न आग्रह गरेको छ।


