तिब्बतको पहिरो प्रभावित मुख्य क्षेत्रमा पुग्यो उद्धार टोली

हिमाल प्रेस १२ भदौ २०८३ २१:३७ | Friday, August 28, 2026
तिब्बतको पहिरो प्रभावित मुख्य क्षेत्रमा पुग्यो उद्धार टोली चीनको दक्षिणपश्चिमी तिब्बत क्षेत्रमा अगस्ट २८, २०२६ मा अपराह्न करिब ४ः३० बजे पहिरो प्रभावित मुख्य क्षेत्रमा उद्धारकर्मीहरू पुगे। तस्बिर : सीसीटीभीको भिडियोबाट लिइएको स्क्रिनसट

काठमाडौँ- तिब्बतको फायर एन्ड रेस्क्यु कोर्प्सका छ जना उद्धारकर्मी र सिचुआन फायर एन्ड रेस्क्यु कोर्प्सका १५ उद्धारकर्मी तथा एउटा खोजी कुकुरसहितको पहिलो टोली शुक्रबार अपराह्न करिब ४ः३० बजे दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत जिरोङ नाकाको राष्ट्रिय सीमा क्षेत्र पुगेको छ। यो पहिरोबाट प्रभावित मुख्य क्षेत्रमा पुग्ने पहिलो व्यावसायिक उद्धार टोली हो।

सीसीटीभी न्युजले सार्वजनिक गरेको भिडियोमा फसेका मानिसको खोजी गरिरहेका एक उद्धारकर्मीले ‘कोही हुनुहुन्छ?’ भन्दै चिच्याएको सुनिन्छ।

बुधबार उच्च हिमाली क्षेत्रमा हिमताल फुटेपछि आएको विनाशकारी पहिरो तिब्बतको जिरोङ नाकासम्म पुगेको थियो। शुक्रबार अपराह्न ३ बजेसम्म उक्त विपद्‌मा चीनतर्फ पाँच जनाको मृत्यु भएको र पाँच सय ५८ जना बेपत्ता रहेको जनाइएको छ।

शुक्रबार बिहानसम्म विपद्‌बाट प्रभावित चार सय ९९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो भने अलपत्र परेका पाँच सय ५५ पर्यटकलाई समेत सुरक्षित स्थानमा सारिएको थियो।

राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रबार बिहान १० बजेसम्म चीनको राष्ट्रिय अग्नि तथा उद्धार बलका ६ सय ८१ जना उद्धारकर्मी र एक सय १३ वटा सवारीसाधन विपद्ग्रस्त क्षेत्रमा परिचालन गरिएका छन्।

प्रकाशित: १२ भदौ २०८३ २१:३७ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast