रसुवा सडक सञ्जालसँग जोडियो

हिमाल प्रेस १२ भदौ २०८३ १५:५२ | Friday, August 28, 2026
रसुवा सडक सञ्जालसँग जोडियो प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- पहिरोका कारण अवरुद्ध काठमाडौँ-टोखा-छहरे-धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी चल्न थालेको छ। सडक सञ्चालनमा आएपछि रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार काठमाडौँ-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड सञ्चालनमा आएको हो।

उद्धार तथा राहत कार्यलाई सहज बनाउन सडक सञ्चालन भएपछि रसुवातर्फको आवागमनमा समेत सहजता हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ भदौ २०८३ १५:५२ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast