पोखरा- जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा शुक्रबार पोखराको फेवाताल किनारस्थित केदारेश्वर मन्दिरमा सर्वसाधारणले रक्षाबन्धन बाँधेका छन्। पर्वका अवसरमा मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको थियो।
देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ।


तस्बिरहरू : विजय नेपाल/हिमालप्रेस


