भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

हिमाल प्रेस ११ भदौ २०८३ २०:०२ | Thursday, August 27, 2026
भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुंगेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र। तस्बिर : रासस

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो।

त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवलपरासी पश्चिममा १५, तनहुँमा २२ र चितवनमा १३२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बिहीबारमात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन्। हालसम्म कुल ५० जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

साथै जमिनबाट हालसम्म ७५६ जनाको उद्धार गरिएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावित जिल्लाहरु रसुवा र नुवाकोटका लागि एक÷एक करोड र धादिङलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ।

प्रभावित क्षेत्रमा हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ। जसमा चाउचाउ, बिस्कुट, ‘स्लिपिङ ब्याग’, ‘म्याट्रेस’, ब्ल्यांकेटलगायत छन्। प्रभावित क्षेत्रमा सञ्चार ‘सेट’हरू पनि पठाइएको छ। हेलिकप्टरबाट चार उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पनि पठाइएको छ।

प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन्। जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१ र नुवाकोटका एक जना छन्।

साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कविहीन छन्।

प्रकाशित: ११ भदौ २०८३ २०:०२ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast