भारत सरकारले पठायो १० टन राहत सामग्री

हिमाल प्रेस १० भदौ २०८३ २१:४४ | Wednesday, August 26, 2026
भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ- भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन्।

‘हामी शोकसन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ,’ उनले भनेका छन्, ‘यस चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ।

प्रकाशित: १० भदौ २०८३ २१:४४ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast