बाढीका कारण पृथ्वी राजमार्गसहित ३ सडकमा आवतजावत बन्द, मुग्लिनसम्मै जोखिम

हिमाल प्रेस १० भदौ २०८३ १०:३१ | Wednesday, August 26, 2026
बाढीका कारण पृथ्वी राजमार्गसहित ३ सडकमा आवतजावत बन्द, मुग्लिनसम्मै जोखिम

काठमाडौँ- रसुवाको सीमावर्ती क्षेत्र टिमुरे हुँदै भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएपछि सोही क्षेत्रका ३ राजमार्गमा आवतजावतमा बन्द भएका छन्।

गृह मन्त्रालयले सूचना जारी गर्दै पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा आवतजावतमा रोक लगाएको हो।

गृहमन्त्री सुधन गुरुङले भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्न अनुरोध गरेको छ।

प्रकाशित: १० भदौ २०८३ १०:३१ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast