भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति, उद्धार र राहतमा लाग्न सरकारको निर्देशन

हिमाल प्रेस १० भदौ २०८३ १०:०८ | Wednesday, August 26, 2026
भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति, उद्धार र राहतमा लाग्न सरकारको निर्देशन

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा बाढी भीषण बाढी आएको छ। तिब्बतबाट आएको बाढीले नेपाली क्षेत्रमा निरन्तर प्रभाव पारिरहेको छ। भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको सन्चारमन्त्रालयले जनाएको छ।

सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ।

‘रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।’ सन्चारमन्त्री विक्रम तिमल्सिनाले भनेका छन्,‘ नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्नुहोस्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीलाई पालना गर्नुहोस्।’

 

प्रकाशित: १० भदौ २०८३ १०:०८ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast