इस्लाम प्रवर्तक पैगम्बरको जन्मदिन आज, मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

हिमाल प्रेस १० भदौ २०८३ ७:४२ | Wednesday, August 26, 2026
इस्लाम  प्रवर्तक पैगम्बरको जन्मदिन आज, मुस्लिम समुदायका लागि सार्वजनिक बिदा फाइल तस्बिर

काठमाडौँ- इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि साउदी अरबको मदिनामा जाए। उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो। अहिले हिजरी संवत् १४४८ चलिरहेको छ।

जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए। मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ। कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए। अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो। यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो। यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन्।

इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले उनको उपदेशलाई स्मरण गरिन्छ। यस अवसरमा आज ¥याली, सभालगायत कार्यक्रम गरिदैछ। नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ। आज सरकारले मुस्लिम समुदायका लागि मात्र बिदा दिएको छ।

प्रकाशित: १० भदौ २०८३ ७:४२ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast