नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न, १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन

हिमाल प्रेस ९ भदौ २०८३ १६:४२ | Tuesday, August 25, 2026
नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न, १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई दिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ।

काठमाडौँको होटल याक एन्ड यतीमा भदौ १ देखि २ गतेसम्म “Lead, Aspire, Evolve” भन्ने नाराका साथ सम्मेलन सञ्चालन भएको थियो।

देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको सम्मेलनको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालकद्वय कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा बोल्दै वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रा पुरा गर्दै नेपाली जीवन बीमा उद्योगमा विश्वास र नेतृत्वको अनुपम इतिहास निर्माण गरेको बताए। उनले कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रूपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको जानकारी गराए।

“आज हामी उच्च उचाइमा छौँ, तर यो उचाइलाई निरन्तर कायम राख्न सबैको संयुक्त प्रयास, मेहनत र साथ आवश्यक छ”  उनले भने।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले चालू आर्थिक वर्ष २०८३/८४ को व्यावसायिक लक्ष्य हासिल गर्न सुरुदेखि नै थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ कार्य गर्न आह्वान गरे। उनले गत आर्थिक वर्षको व्यावसायिक उपलब्धिको समीक्षा गर्दै चालू आर्थिक वर्षका लागि सेल्स तथा रणनीतिक योजनाहरूबारे सम्मेलनमा जानकारी गराएका थिए।

सम्मेलनमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत, नेसनल सेल्स हेड, बिजनेश अपरेसन, प्रमुख वित्त अधिकृत, एजेन्सी तथा पोलिसी सर्भिसिङ, एजेन्सी ट्रेनिङ, सूचना प्रविधि, डिजिटल ट्रान्सफर्मेसन तथा मानव संसाधन विभागका प्रमुखहरूले आ-आफ्नो विभागको कार्यसम्पादन, चुनौती र भावी कार्ययोजनाबारे प्रस्तुतीकरण दिएका थिए।

सम्मेलनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आव २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने कर्मचारीहरू तथा शाखा एवं उपशाखाहरूलाई विभिन्न १४ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

प्रमाणपत्र तथा अवार्ड सिइओ प्रवीण रमण पराजुली, नायब सिइओ अमित कुमार कायल, नेसनल सेल्स हेड उमापति पोखरेल र एचआर टोलीबाट संयुक्त रूपमा वितरण गरिएको थियो।

प्रकाशित: ९ भदौ २०८३ १६:४२ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast