एकल महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति जेनजी आन्दोलनका फरार कैदी

हिमाल प्रेस ९ भदौ २०८३ ७:२७ | Tuesday, August 25, 2026
एकल महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति जेनजी आन्दोलनका फरार कैदी

काठमाडौँ- ६१ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय युवक जेनजी आन्दोलनकोमा फरार कैदी भएको खुलेको छ।

जेनजी आन्दोलनको क्रममा गत वर्ष भदौ २४ गते सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयबाट फरार भएका २१ वर्षका प्रेम विसुंखेलाई प्रहरीले यही भदौ ३ गते पक्राउ गरेको थियो।

उनी चोरी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा थिए। हिरासतबाट भागेपछि उनी रामेछापमा बस्दै आएको खुलेको छ।

उनले यही भदौ २ गते रामेछाप नगरपालिका–४ तिलबारी बस्ने ६१ वर्षीया एकल महिलालाई उनकै घरमा गएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

हिरासतबाट भागेर रामेछाप पुगेपछि बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए।

बलात्कारपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको टोलीले खोजतलासको क्रममा लुकिछिपी बसेको अवस्थमा रामेछाप नगरपालिका ४ तिलबारीबाट पक्राउ गरेको हो।

उनी कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ।

 

प्रकाशित: ९ भदौ २०८३ ७:२७ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast