दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

हिमाल प्रेस ९ भदौ २०८३ ७:०० | Tuesday, August 25, 2026
दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै विपक्षीका नाममा सो आदेश दिएको हो ।

प्रसाईकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले प्रसाईलाई किन जारी हुनु नपर्ने हो ? भन्दै आधार र कारण खुलाएर बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

यस्तो जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनिएको छ।यसका साथै, अदालतले गत भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा बरामद गरिएका भनिएका सामानहरू समेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ ।

 

प्रकाशित: ९ भदौ २०८३ ७:०० | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast