काठमाडौँ- पर्सा राष्ट्रिय निकुन्जमा पाटेबाघको संख्या ७१ पुगेपछि बाघ संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सिएटिएस प्रमाणीकरण प्रक्रिया सुरु गरिएको छ।
सन् २०२२ मा निकुन्जमा ४१ वयस्क बाघ रहेकामा सन् २०२६ को गणनाअनुसार संख्या ७१ पुगेको हो।
त्यसपछि संरक्षण उपलब्धिलाई दीर्घकालीन र गुणस्तरीय व्यवस्थापनमा रूपान्तरण गर्न प्रमाणीकरण प्रक्रिया अघि बढाइएको निकुन्जले जनाएको छ।
निकुन्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या बढ्नु महत्वपूर्ण उपलब्धि भए पनि अब मानव-बाघ सहअस्तित्व, समुदायको सुरक्षा र संरक्षणमा स्थानीय सहभागिता बढाउनु मुख्य चुनौती रहेको बताए।
सिएटिएस प्रक्रियाअन्तर्गत बाघको संख्या मात्र नभई बासस्थान, आहारा, सुरक्षा, वैज्ञानिक अनुगमन र समुदायको सहभागितालगायत विषयको मूल्याङ्कन गरिनेछ।


