इटहरी- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।
विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले मत दिएका छन्। मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गरेका छन्।
कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी का १७ सदस्य छन्।
त्यस्तै विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका छन्।
नेपाली कांग्रेसका २९ प्रदेशसभा सदस्य छन्। विपक्षमा प२२ मत परेको छ।
त्यस्तै राप्रपाका सभामुखसहित ५ सदस्य छन्।उनीहरूले तटस्थ बसे। जनता समावादी पार्टी नेपालकी एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बु उपस्थित भइनन्।
९३ सदस्यीय प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन्। सोमबारको बैठकमा ८३ सदस्य उपस्थित थिए।


