मरुवा खोलाबाट झन्डै २ सय केजी गाँजासहित टिप्पर र चालक नियन्त्रणमा

हिमाल प्रेस ८ भदौ २०८३ ११:५४ | Monday, August 24, 2026
मरुवा खोलाबाट झन्डै २ सय केजी गाँजासहित टिप्पर र चालक नियन्त्रणमा

काठमाडौँ- उदयपुर कटारी नगरपालिका ४ स्थित मरुवा खोलाबाट १९९.३२ केजी गाँजासहित टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको छ। नेपाल प्रहरीका अनुसार चेकजाँचका क्रममा टिपरमा ९ वटा बोरामा लुकाइ ल्याएको १९९.३२ केजी गाँजा बरामद गरिएको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारिएको थियो ।
टिपरका चालक सोम मगरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ८ भदौ २०८३ ११:५४ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast