कोशी, कर्णाली र सुदूरपश्चिम र मधेशमा भारी वर्षाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा

हिमाल प्रेस ८ भदौ २०८३ ६:२५ | Monday, August 24, 2026
कोशी, कर्णाली र सुदूरपश्चिम र मधेशमा भारी वर्षाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा फाइल तस्बिर।

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

यतिबेला देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा पनि वर्षा जारी छ।

सोमबार दिनभर देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना छ।

मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जनसहित पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

 

प्रकाशित: ८ भदौ २०८३ ६:२५ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast