वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगी, दुई जना पक्राउ

हिमाल प्रेस ७ भदौ २०८३ १४:०४ | Sunday, August 23, 2026
वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगी, दुई जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ का ३७ वर्षीय नवीन लामा र सल्ल्यानको शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा तीन जनाबाट रु १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिएका थिए।

रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो।

प्रकाशित: ७ भदौ २०८३ १४:०४ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast