ला लिगामा रियालको जित सुरुवात

हिमाल प्रेस ७ भदौ २०८३ ७:४० | Sunday, August 23, 2026
ला लिगामा रियालको जित सुरुवात

काठमाडौँ- रियाल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ। आरसीडीई रंगशालामा रियालले घरेलु टोली इस्पान्योलविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो ।

रियालको जितमा जुड बेलिङघम र कार्लोस एस्पीले गोल गरे । स्पान्योलका लागि एलेक्स क्यालाट्राभाले एक गोल फर्काए । खेलको नवौँ मिनेटमा बेलिङघमको गोलमार्फत रियालले अग्रता लिएको थियो । ३०औँ मिनेटमा क्यालाट्राभाले स्पान्योललाई बराबरीमा ल्याए ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा एस्पीले गोल गर्दै रियाललाई रोमाञ्चक जित दिलाए । जितसँगै रियालले तीन अंक जोडेको छ । इस्पान्योलको भने सिजनको सुरुआत राम्रो हुन सकेन ।

शनिबारै सम्पन्न अन्य खेलमा रियाल बेटिसले रियाल सोसिडाडलाई १–०, सेभियाले एथलेटिक्स क्लबलाई ३–१ ले हराउँदा रायो भायकानोले एलेभेससँग १–१ तथा भ्यालेन्सियाले सेल्टा भिगोसँग गोलरहित बराबरी खेले ।

प्रकाशित: ७ भदौ २०८३ ७:४० | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast