ला लिगा मड्रिड डर्बीमा रियालको हार, तालिकाको चौथोमा धकेलियो

हिमाल प्रेस ५ असोज २०८३ ८:१० | Monday, September 21, 2026
ला लिगा मड्रिड डर्बीमा रियालको हार, तालिकाको चौथोमा धकेलियो

काठमाडौँ- ला लिगा मड्रिड डर्बी खेलमा रियालमाथि एथलेटिकोको जित निकालेको छ। गएराति भएको खेलमा एथलेटिको मड्रिडले रियल मड्रिडलाई २–१ ले पराजित गर्यो। रियलका डिन हुइजसेनले पेनाल्टी बक्सभित्रै जिलियानो सिमिओनेलाई लडाएपछि टोली १० खेलाडीमा सीमित बन्यो।

भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को निर्णयबाट हुइजसेनले सिधै रातो कार्ड पाए। एथलेटिको पेनाल्टीको मौका दिइयो। जुन अवसरलाई अलेजान्ड्रो ग्रिमाल्डोले सिधै गोलमा परिणत गरे। खेलको ५९ औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै घरेलु टोलीका लागि अग्रता दोब्बर पारे।

खेलको ८९ औँ मिनेटमा बर्नार्डो सिल्भाको फ्रिकिकमा एन्टोनियो रुडिगरले हेडर गोल गर्दै रियललाई आशा दिलाए पनि धेरै ढिला भइसकेको थियो। ला लिगाको सात खेलमध्य ५ खेलमा जित र समान १ खेलमा हार र बराबरी गरेको एथलेटिकोले १६ अंक बनाएको छ।

समान खेलबाट अपराजित रहेर २१ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ। एथलेटिको बार्सिलोनाभन्दा ५ अंकले पछि छ। समान खेलबाट १६ अंक नै बनाएको रियल बेटीस तेस्रो स्थानमा छ।

सात खेलमध्य ५ खेलमा जित र २ खेलमा हार भोगेको रियल मड्रिड भने १५ अंकमा तालिकाको चौथो स्थानमा छ।

 

प्रकाशित: ५ असोज २०८३ ८:१० | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast