ललितपुरको लुभुमा नम्बर प्लेटसमेत नलिएको माइक्रो दुर्घटना, ४ जना घाइते

हिमाल प्रेस ६ भदौ २०८३ ९:२९ | Saturday, August 22, 2026
ललितपुरको लुभुमा नम्बर प्लेटसमेत नलिएको माइक्रो दुर्घटना, ४ जना घाइते

काठमाडौँ- ललितपुरको लुभुमा माइक्रो दुर्घटना हुँदा ४ जना घाइते भएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेटसमेत नलिएको‘अन टेस्ट’ माइक्रो दुर्घटना भएको हो।

माइक्रो अनियन्त्रित भएर घरको गेटमा ठोक्किएको थियो। त्यसपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो।

कारमा सामान्य क्षति पुगेको पनि प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएको छ। घाइतेहरूमा माइक्रोका चालक ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका २६ वर्षीय अखिल राजथला र महालक्ष्मी नगरपालिका-७ चागाथलीका २५ वर्षीय आशिष महर्जन गम्भीर छन्। राजथलाको किस्ट अस्पताल र महर्जनको बि एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुर घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँका १८ वर्षीय एलिसा लामा, महालक्ष्मी-८ लुभुका २६ वर्षीय राज महर्जन सामान्य घाइते छन्। उनीहरूको पनि किस्ट अस्पतालमा उपचार भइरहेको छ।  हाइसमा चार जना मात्र सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ भदौ २०८३ ९:२९ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast