जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

हिमाल प्रेस ५ भदौ २०८३ १०:२८ | Friday, August 21, 2026
जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ- जटिल प्रसूति समस्या भएका दुई महिलालाई नेपाली सेनाको हवाई साधनमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत   कालिकोटको त्रिवेणी-७ र बझाङको साइपाल-२ निवासी दुई महिलाको उद्धार गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक भएकाले उनीहरूलाई नेपाली सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानबाट सुर्खेत पुर्‍याइएको हो।

ग्रामीण तथा दुर्गम क्षेत्रमा जटिल प्रसूति समस्या भएका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ५ भदौ २०८३ १०:२८ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast