एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा

हिमाल प्रेस ५ भदौ २०८३ ६:४७ | Friday, August 21, 2026
एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा

धनुषा- नापनक्सा सम्पन्न भएको करिब १० वर्षपछि धनुषाको मिथिला बिहारी नगरपालिका-३ का ३१० परिवारले जग्गाधनी पुर्जा पाएका छन्।

गाउँ ब्लक (स्ववासी) जग्गाको कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि नापी कार्यालयले पुर्जा वितरण गरेको हो।

आर्थिक वर्ष २०७२/७३ मै नापनक्सा सम्पन्न भए पनि दर्ता र अभिलेख अद्यावधिक नहुँदा स्थानीय वर्षौँदेखि पुर्जाबाट वञ्चित थिए।

अब पुर्जा पाएसँगै जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने र बैंकिङ तथा प्रशासनिक कारोबार गर्न सहज हुने भएको छ।

नापी कार्यालयका प्रमुख उमेशकुमारले ‘यस्ता बाँकी रहेका गाउँ ब्लक र स्ववासी जग्गाको समस्या क्रमशः समाधान गर्दै जान्छौँ’ भन्दै धनुषाका अन्य क्षेत्रमा पनि प्रक्रिया अघि बढाइने बताए।

प्रकाशित: ५ भदौ २०८३ ६:४७ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast