फाइल तस्बिर
काठमाडौँ- पूर्वराजा महेन्द्र शाहकी पत्नी एवं पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहले आज ९९ औँ जन्मजयन्ती मनाउँदैछन्। नारायणहिटी दरवारमै रहेकी उनी विशेष कार्यक्रमसहित जन्मजयन्ती मनाउँदैछन्। उनको जन्मजयन्तीमा नागरिक मूल समारोह समितिले महेन्द्र मञ्जीलसँगै रहेको नारायण मन्दिर परिसरमा दीर्घायुको कामनासहित दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ।
उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वरानी कोमल, बुहारी, हिमानी, छोरी प्रेरणालगायत आफन्त महेन्द्र मञ्जिल जाने जनाइएको छ।
रत्नको जन्म १९८५ भदौ ०४ गते भएको थियो। उनकी दिदी इन्द्रको १९९६ मा युवराज महेन्द्रसँग विवाह भएको थियो तर, २००७ साल भदौ १८ मा इन्द्रको निधन भएको थियो।
त्यसको दुई वर्ष पछि रत्नले महेन्द्रसँग विवाह गरे। विवाह पछि थप छोराछोरी नजन्माउन उनले बन्ध्याकरण गरेकी थिइन्। महेन्द्रको पहिले नै इन्द्रबाट तीन छोरा र तीन छोरी भएका थिए।


