कर्मचारीलाई अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

हिमाल प्रेस २ भदौ २०८३ १५:२२ | Tuesday, August 18, 2026
22
SHARES
कर्मचारीलाई अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र प्रतिकात्मक तस्बिर

काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रुपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ।

सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकलाई हरेक १५ दिन पुगेपछि अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न पत्राचार भएको हो।

अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शन अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले १५ दिन काम गरिसकेपछि तलबभत्ता उपलब्ध गराउन अनुरोध भएको छ।

त्यस्तैगरी, बजेट वक्तव्य २०८३/८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्तासमेत भुक्तानी गर्नु गराउन एवं कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्य क्षेत्रभित्रका संघीय सरकारी निकायबाट माथि उल्लेख भए बमोजिम भुक्तानीको लागि निकासा माग भई आएमा सोहीअनुसार भुक्तानी गर्न पनि अनुरोध भएको छ।

प्रकाशित: २ भदौ २०८३ १५:२२ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast