भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

हिमाल प्रेस १ भदौ २०८३ १२:४६ | Monday, August 17, 2026
4
SHARES
भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौँ- भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच साेमबार जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

नेपाल भ्रमणका क्रममा रहेका भारतीय स्थल सेनाध्यक्ष सेठले प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा नेपाल-भारतबीचको आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार स्थल सेनाध्यक्ष सेठ प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणका क्रममा आइतबार नेपाल आएका हुन्।

पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै आएका सेठसँग उनकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी वाइभ्स वेलफेयर एसोसिएसनकी अध्यक्ष कोमल सेठ पनि सहभागी छिन्।

भारतीय स्थल सेनाध्यक्ष सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी प्रदीपजंग केसी तथा उनकी धर्मपत्नीले स्वागत गरेका थिए।

भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रमसमेत रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: १ भदौ २०८३ १२:४६ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast