गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

हिमाल प्रेस १ भदौ २०८३ ६:२० | Monday, August 17, 2026
12
SHARES
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुन्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ-  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ।

अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले जनाएको छ।

सोमबार देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा पानी पर्नेछ। मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्नेछ।

प्रकाशित: १ भदौ २०८३ ६:२० | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast