जसपा नेपाल र लोसपा मिलेर बनेको जसपाको जम्बो पदाधिकारी : ७-७ उपाध्यक्ष र उपमहासचिव, ११ सचिव

हिमाल प्रेस ३१ साउन २०८३ १२:१० | Sunday, August 16, 2026
20
SHARES
जसपा नेपाल र लोसपा मिलेर बनेको जसपाको जम्बो पदाधिकारी : ७-७ उपाध्यक्ष र उपमहासचिव, ११ सचिव

काठमाडौँ- जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एकता भएर बनेको जनता समाजवादी पार्टीले पदाधिकारी टुंग्याएको छ। दुवै पार्टीको केन्द्रीय समिति समायोजन भइ बनेको नयाँ पार्टीमा पूर्वसहमतिअनुसार अध्यक्षमा उपेन्द्र यादव छन् भने महन्थ ठाकुर संरक्षक छन्।

वरीयतामा ठाकुर एक नम्बरमा छन् भने यादव दोस्रोमा छन्। शरत् सिंह भण्डारी सह अध्यक्ष, रकम चेम्जोङ वरिष्ठ नेता रहेका छन्। यस्तै नयाँ पार्टीमा ७ उपाध्यक्ष, ३ महासचिव, ७ उपमहासचिव र ११ सचिव छन्। २९७ सदस्य केन्द्रीय समिति बनेको छ।

प्रकाशित: ३१ साउन २०८३ १२:१० | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast